शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारको एक्लो एयरपोर्ट जहाँ समुद्री किनारामा बनेको छ रनवे, छाल आउँदा बन्द हुन्छ

मङ्गलबार, ०७ साउन २०७६, १० : ०५
मङ्गलबार, ०७ साउन २०७६

स्कटल्याण्डको बाराद्वीपस्थित एयरपोर्ट केही विशेष छ । उत्तर एटलान्टिक महासागरको तटमा रहेको यो दुनियाँको पहिलो यस्तो हवाई अड्डा हो जहाँ कुनै रनवे छैन । यहाँ समुद्री किनारामा नै विमान अवतरण हुन्छ । ठूलो छाल आएका बेला चेतावनी जारी गरिन्छ र विमान अवतरण गर्न दिइँदैन ।

बारा नाम दिइएको उक्त विमानस्थल समुद्री किनारामा अवस्थित संसारको एक्लो एयरपोर्ट हो । यो ग्लासगो एयरपोर्टसँग पनि जोडिएको छ । समुद्री आँधी आउँदा वा यसको सूचनापछि एयरपोर्ट बन्द गरिन्छ भने उडान रद्द गरिन्छ ।

बारा एयरपोर्टमा धेरैजसो साना विमान (२० सिटे) मात्रै ल्याण्ड गर्छन् । यहाँ दैनिक स्कटिश एयरलाइनका दुई विमान पुग्छन् । यहाँ विमान बालुवामा नै ल्याण्ड गर्छ । आँधी आउँदा अवतरणको समय परिवर्तन गरिन्छ ।

समुद्री किनारामा एउटा सानो भवन बनाइएको छ जसलाई तपाईं टर्मिनल भन्न सक्नुहुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप