शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हातेमालो समूह अबुधावी युएईको तेस्रो महाधिवेशन सम्पन्न

मङ्गलबार, ०७ साउन २०७६, ०९ : ३८
मङ्गलबार, ०७ साउन २०७६

हातेमालो समूह अबुधावी युएईको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । गत शुक्रबार अबुधावीको भावना होटलमा विविध कार्यक्रमका साथ कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुखहरु अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथिका रुपमा उपस्थिति भएका थिए । 

कार्यक्रम संस्थाका निवर्तमान महासचिव प्रबिन निरौलाले सञ्चालन गरेका थिए । निरौलालाई सञ्चालनकालागि सरला मगर र सुमन रायमाझीले सहयोग गरेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्रीराज राईले  पानसमा दियो बाली बालेर राष्ट्रीय गानका साथै यूएईमा पहिलो पटक श्रीकृष्णको भजनबाट शुभारम्भ गरिएको थियो ।

भजन गायन अन्तर्राष्ट्रिय कृष्ण भावना अमृत संघ अवतारी देश नेपाल प्रसारप्रसार समितिद्वारा गरिएको थियो । 

कार्यक्रममा  संस्थाका  निवर्तमान  वरिष्ठ उपाधक्ष्य  वेदनिधि ढकाल ज्यूले  स्वागत मन्तव्य  प्रस्तुत गरेका थिए भने  संस्थाका निवर्तमान  सह–कोषाध्यक्ष  कुमार कुँवर ले संस्थाको  हिसाबका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै  संस्थाका  निवर्तमान महासचिव प्रबिन निरौला ले सस्थाको बार्षिक प्रतिबेदन पेश गरेका थिए । 

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमहरु  समावेश गरिएका थिए । संस्थालाई विभिन्न किसिमले सहयोग गर्ने महानुभावहरु तथा हातेमालो समूहमा रही खेलकुदलाई विशेष रुपमा अगाडि पुर्याउने खेलाडी साथीहरुलाई सम्मान स्वरुप संस्थाको लोगो सहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा लक्की ड्रको पनि व्यवस्था गरिएको थियो जसमा तीनजना भाग्यशाली विजेताले  उपहार जितेका थिए ।  

हातेमालो समूह अबुधावीको निर्वाचन समितिले नवनिर्वाचित कार्यकालकालागि अध्यक्ष प्रबिन निरौला लगायत सम्पूर्ण कार्यकारिणी सदस्यहरुलाई निर्बाचन समिति संयोजक रुद्र रोका मगरबाट शपथग्रहण गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप