शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपडेट : गुल्मीमा पहिरोले पुरिएर मृत्यु हुने ६ जनाको सनाखत

मङ्गलबार, ०७ साउन २०७६, ०९ : १०
मङ्गलबार, ०७ साउन २०७६

सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो ।

यता, १२ वर्षीया करिष्मा त्रामु र १४ वर्षकी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् ।

त्यस्तै सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा ६५ वर्षीय छल्लली बिक, २८ पम्फा बिक, १२ वर्षीय अञ्जली बिक, १० वर्षीय हेमन्त बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पानी परिरहेकाले उपचारमा लैजानका लागि समस्या परेको छ।

यता, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर वटा बगाएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिएका छन् ।

चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए । 

यस्तै, सत्यावती गाउँपालिका वडा नं ३  मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राति घर बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

घटनास्थलमा जिल्लाबाट ३ वटै सुरक्षा निकायका टोलि उद्धारको लागि घटना स्थल पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

अहिले पनि पानी परिरहेकाले उद्धारमा समस्या भएको पौडेलले भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप