बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मनको गहिराइमा पुग्न नखोजमा आमाबाबु र छोरीको अभिनय

शुक्रबार, २७ साउन २०७४, ११ : १७
शुक्रबार, २७ साउन २०७४

काठमाडौं । गायिका यदु राई लकान्द्रीको ‘मनको गहिराइमा पुग्न नखोज’ शीर्षाकृत गीत हालै सार्वजनिक भएको छ । 


इन्दिरा प्रयासको शब्द र रमेश संग्रौला संगीतबद्ध सो गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको हो । संगीतकार संग्रौलाकै निर्देशनमा निर्मित म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको थियो । 


रवीन शंकरको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा कलाकार सरला थापा र दीपक चाम्लिङले अभिनय गरेका छन् । म्युजिक भिडियोमा चाम्लिङ, गायिका राई र बालकलाकार एल्पिज राईले अभिनय गरेकी छन् । मोडेल चाम्लिङ, गायिका राई र बालकलाकार एल्पिज एकै परिवारका सदस्य हुन् । भिडियोमा अजय र एलेक्सले समेत अभिनय गरेका छन् । 


दिया मिडिया प्रालिको प्रस्तुति भिडियोको अडियो ओपल रेकर्डिङ स्टुडियोमा तयार पारिएको हो । गायिका यदु राईले संगीतमा डिप्लोमा, तबलामा पाँचौं वर्षसम्मको अध्ययन गरेकी छन् । 

हेर्नुहोस भिडियो :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप