पहिरोमा पुरिएर ६ जनाको मृत्यु
मङ्गलबार, ०७ साउन २०७६, ०८ : ४९
१
गुल्मी जिल्लाको सत्वती गाउँपालिका वडा नं ३ ठूलो लुम्पेक र लिम्घा वडा नं ४ मा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार लिम्घामा २ जनाको श व भेटिएको छ । उक्त ठाउँमा पहिरोमा पुरिएको ३ वटा घरमा ९ जना बसोबास गर्दै आएका थिए ।
यसैगरी, लुम्पेक गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ ।
घटनाको थप विवरण आउँन बाँकी छ ।