शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समर्थकको विवाहमा अचानक पुगे ट्रम्प, चकित मानिसहरुले लगाए अमेरिकाको नारा

मङ्गलबार, ०७ साउन २०७६, ०८ : १२
मङ्गलबार, ०७ साउन २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आइतबार एक विवाहमा अतिथीको रुपमा समावेश भए । वास्तवमा, दुलहा–दुलही ट्रम्पका ठूला समर्थक हुन् । त्यसकारण ट्रम्पलाई पनि विवाहको निम्तो दिइएको थियो । विवाहको थिम पनि ‘मेक अमेरिका ग्रेट अगेन’ राखिएको थियो जुन ट्रम्पको चुनावी अभियानको नारा हो । ट्रम्प अचानक विवाह समारोहमा पुगेपछि त्यहाँका मानिस चकित भएका थिए । त्यहाँ ट्रम्प र अमेरिकाको नारा लगाइयो ।

मिडिया रिपोर्टका अनुसार ट्रम्प पूरा विकेन्ड वासिङ्टन बाहिर थिए । शनिबार राती उनी कुनै पूर्व जानकारीबिना न्यूजर्सीस्थित आफ्नो गोल्फ क्लब पुगे (जहाँ विवाहको आयोजना गरिएको थियो) र समर्थकको विवाहमा उपस्थित भए । यतिबेला उनले त्यहाँ भएका मानिसहरुसँग फोटो पनि खिचे ।

दुलहीले पठाएकी थिइन् विशेष निम्तोः

ट्रम्पलाई विवाहको निम्तो दुलही निकोल मेरीले पठाएको सिएनएनले बताएको छ । बेहुला पी.जे मोङ्गेलीले विवाहको थुप्रै निमन्त्रण कार्ड पठाएपनि उनी साँच्चै नै विवाहमा आउँछन् भन्ने थाहा नभएको बताए ।

मरीले ट्रम्पलाई एउटा बुकलेट पनि पठाएकी थिइन् जसमा उनले राष्ट्रपतिको विभिन्न र्‍याली र पार्टीमा समावेश भएको कुरा बताएकी थिइन् । विवाह स्थलमा ट्रम्पको समर्थनमा ‘ट्रम्प २०२०’ का विभिन्न झण्डा लगाइएका थिए ।

‘हाम्रो लागि उहाँको उपस्थिती ठूलो झट्का थियो,’ मोङ्गेलीले भने ।

मोङ्गेलीका अनुसार उनले राष्ट्रपतिलाई रिसेप्सनमा उपस्थित पाहुनालाई अभिवादन गरिदिन आग्रह गरे ।

सोसल मिडियामा पोष्ट गरिएको भिडियो अनुसार कालो सुट लगाएका तर टाइ नलगाएका ट्रम्पले ढोकामा उभिएर हुटिङ गरिरहेका मानिसहरुलाई हात हल्लाएर अभिवादन गरिरहेको देख्न सकिन्छ ।

‘उनी एक सज्जन पुरुष हुन्,’ मोङ्गेलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप