मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

होटलमा अनैतिक सम्बन्ध राख्ने १० जना पक्राउ

सोमबार, ०६ साउन २०७६, २३ : ०९
सोमबार, ०६ साउन २०७६

बुटवल-अनैतिक सम्बन्ध राखेको आरोपमा नवलपरासीको बर्दघाटबाट प्रहरीले होटल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ । बर्दघाट २ चिसापानीमा रहेको न्यू सितलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो ।

होटेलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटेल सञ्चालक रेशम कोइरालासहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप