मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय दूतावासमा पम्फा भुसालदेखि नविना लामासम्मलाई राखेर गोप्य बैठक

सोमबार, ०६ साउन २०७६, २२ : ५०
सोमबार, ०६ साउन २०७६

काठमाडौं-नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका महिला सांसदहरु दूतावास पुगेका थिए । राजपा नेपालका चन्दा चौधरीले भनिन्,‘राजदूत ज्यूले चिनजान र भालाकुसारीका लागि चिया खान बोलाउनुभएको थियो । खासै केही थिएन ।’

नेकपाकी पम्फा भुसाल, नविना लामा, काँग्रसकी सीतादेवी यादव लगायत २०–२५ जना महिला सांसद भारतीय दूतावासमा पुगेका थिए ।  संसदमा भइरहेको बहस, कानुन निर्माण लगायतका विषयमा राजदूतले जिज्ञासा राखेको स्रोतले जनाएको छ ।

संसदमा कानुन निर्माण भइरहेको बेला दूतावासले महिला सांसदहरुलाई मात्र बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप