मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अछामका २ वडा नेपालमै पहिलो पोषणमैत्री वडा घोषणा

सोमबार, ०६ साउन २०७६, २२ : ११
सोमबार, ०६ साउन २०७६

अछाम-नेपालमै पहिलोपटक अछामको साफेबगर नगरपालिकाका २ वडा पोषणमैत्री वडा घोषणा भएका छन् । नगरपालिकाको वडा नम्वर १ बैजनाथ र वडानम्वर ६ भागेश्वरलाई पोषण मैत्री घोषणा गरिएको हो । साफेबगर नगरपालिकामा आयोजित संयुक्त कार्यक्रममा पुर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले पोषणमैत्री नमुना घर प्रदर्शन गर्दै नेपाकै पहिलो पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरे । पोषणमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने सबै ७१ वटा सुचक पूरा भएपछि औपचारिक समारोहका विच दुबै वडालाई पोषणमैत्री घोषणा गरिएको जनाईएको छ । 

घोषणा कार्यक्रममा प्रमुख अतिथि रावलले आजका बालबालिका नै हाम्रो भबिस्य भएकोले उनिहरुलाई पोषणयुक्त बनाउनुपर्ने बताए । घोषणालाई दिगो र टिकाउ बनाउन सबै जनप्रतिनिधिले जनताको विश्वासलाई डग्न दिन नहुनेमा जोड समेत दिए । घरको अन्न खायमा शरिरलाई पोषिलो बनाउने भएकोले अमृत समान घरको अन्न खानुपर्ने बताए ।

साथै नेता रावलले मदिराको कारण समस्या सृजना भएकोले पोषणमैत्री हुनका लागि मदिराको सेवन अन्त्य जरुरी रहेको उल्लेख गरे । साफेबगर नगरले गरेको प्रशन्सनिय कार्यको सम्मान सहित धन्यवाद समेत ब्याक्त गरे । कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुवर र सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बिशिष्ट अतिथि रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप