यस्तो छ ओपोको पट्याउन मिल्ने फोन
काठमाडौं– थ्रीडी रेन्डर्स मार्फत ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) थप विस्तृतरुपमा प्रस्तुत गर्ने प्रयास भएको छ ।
ओपोद्वारा उत्पादित यी रेन्डर्स डब्ल्यूआईपीओ (वल्र्ड ईन्टेलेक्चसअल प्रपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध छन् र हेर्न सकिन्छ । मोनोक्रोममा उपलब्ध यी थ्रीडी रेन्डर्सले बाहिरतिर पट्टिन सघाउने कन्सरटिनेड हिंज सहितको उपकरण देखाएको छ । उपकरणमा रहेको ठूलो स्क्रिन वरपरको बेजलको मात्राले यो मोडललाई पृथक देखिन सघाएको छ ।
प्रस्तुत गरिएका थ्रीडी तस्विरहरुमा यसको मात्रा निकै न्यून देखिन्छ । यसले गर्दा उपकरणको डिस्प्ले खुल्ला राख्दा प्रयोगकर्तालाई अझ जीवन्त स्क्रिनको अनुभव प्रदान गर्छ । साथै, पट्याएर राख्दा अझ उपयोगी उपकरणका रुपमा काम गर्छ ।
यो फोनमा प्राइमरी (हेर्दा डुअल झैँ देखिने) क्यामेरा प्रणालीलाई पप्–अप् मेकानिजम मार्फत लुकाएर राखिएको छ । क्यामेरा लुकाउने यो प्रणाली ओपोका लागि कुनै नौलो कार्य भने होइन । हालका लागि भने आफ्नो पट्याउन मिल्ने उपकरणका बारेमा कुनैपनि कुरा आधिकारिक रुपमा ओपोले घोषणा गरिसकेको छैन । यसको मूल कारण भने उपकरण पूर्णरुपमा तयार भइनसक्नु हो ।
सन् २०१९को सूरुवातमै आयोजित मोबाइल वल्र्ड कंग्रेसमा आयोजित ओपोको प्रेस ईभेन्ट लगतै ओपोका अध्यक्षले कम्पनी अहिले विकासको प्रक्रियामा रहेको पट्याउन मिल्ने फोन प्रदर्शित गरेका थिए । अहिले उत्पादनको सुरुवाती चरणमै रहेको यो प्रोटोटाइप बाहिरपट्टि पट्टिने गर्छ । यसर्थमा स्क्रिन अधिकांश अवस्थामा खुल्ला रहने र भित्र नलुक्ने प्रष्ट हुन्छ ।
तथापी, अध्यक्ष र कम्पनीको जवाफ भने प्रविधि अहिले सम्म पूणतः तयार भइनसकेको भन्ने नै छ । तर, आउँदा महिनाहरुमा यसका बारेमा अझ स्पष्ट जानकारीहरु बाहिर आउँदै गर्ने अनुमान गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच दलको साझा सङ्कल्प : निराशा चिर्ने, भरोसा जगाउने
-
बाबुराम पक्षले गरेको निर्णय महिन्द्र पक्षद्वारा अस्वीकार, प्रदेश इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकियो
-
सारा अली खानसँग विक्रान्त मैसीले किन मागे माफी ?
-
सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ब्रम्हायणि नदीमा बेपत्ता भएकाको शव
-
नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा चित्र सुवेदी निर्वाचित
-
उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या