ढाकामा हिमालय एअरलाइन्सको पहिलो उडान, को को उडे ?
काठमाडौं– नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एअरलाइन्सले बांङ्गलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ ।
प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ ।
केवल एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको छ । यो नया“ रुटले नेपालको एसियाली मुलुकस“ग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ ।
हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा राज्यमन्त्री धनबहादुर बुढा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपालका लागि बांङ्गलादेशी राजदूत मासफी बिन्ते साम्स्, नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशी, र हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजय बहादुर श्रेष्ठ थिए ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ पनि विशिष्ट अतिथिहरुको बिदाईका निम्ति उपस्थित भएका थिए ।
२०७६ साउन ६ (जुलाई २२, २०१९) गते कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान एच९ ६७८ काठमाडौंको त्रिभुवन विमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १३ः०० मा अवतरण गरेको थियो ।
सोही दिन कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान एच९ ६७९ ढाकाबाट स्थानीय समय १४ः२६ मा उडान भरी त्रिभुवन विमानस्थलमा १५ः४४ मा अवतरण गरेको थियो । हिमालय एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बांङ्गलादेशमा आफ्नो जिएसए (साधारण विक्री एजेन्ट) का रुपमा नियुक्ति गरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष विजय श्रेष्ठले व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदानप्रदानलाई अझ प्रगाढ बनाउ“दै दुवै मुलुकका व्यावसायिक यात्रुका लागि रहेको महत्वपूर्ण व्यापारिक अवसरलाई प्रोत्साहन गरी काठमाडौं र ढाकालाई निकट ल्याउन पाउ“दा खुसी लागेको बताए । दुवै बजारबाट यो रुटमा सीधा उडान सञ्चालन हुनुपर्ने माग छ र हामीले बढ्दो ग्राहकको आवश्यकतालाई मध्यनजर गरी उडान सुरु गरेका पनि उनले बताए ।
भ्रमण बर्ष २०२० को प्रवद्र्धन सहित २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई मध्यनजर गर्दै हामीले छिटै नै अन्य धेरै अन्तर्राष्ट्रिय रुटमा उडान भर्ने अभिप्राय राखेको एयरलाईन्सले जनाएको छ । करिब ८० लाख जनसंख्या भएको ढाका दक्षिण एसियाको प्रमुख सहरहरु मध्ये एक हो । बांङ्गलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहर ढाका परम्परागत रुची राख्नेहरुका लागि उपयुक्त पर्यटकीय गन्तव्य स्थल हो ।
नेपाल भ्रमण आउने पर्यटकहरुमा बांङ्गलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत रहेको छ र सन् २०१९ को जनवरी देखि जुन २०१९ सम्म १०,५९० बांङ्गलादेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०१८ को दा“जोमा बांङ्गलादेशी पर्यटकको संख्या करिब २५ प्रतिशतले घटेको छ । नया“ सञ्जाल प्रारम्भ गरेस“गै हिमालय एअरलाइन्सले ठूलो संख्यामा बांङ्गलादेशी पर्यटकलाई नेपाल भित्र्याएर भ्रमण वर्ष २०२० को पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न आफ्नो योगदान पु¥याउने एयरलाइन्सको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित
-
‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै
-
कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण