शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्ष अगाडि हत्या गरी फरार व्यक्ति पक्राउ

सोमबार, ०६ साउन २०७६, १८ : ४९
सोमबार, ०६ साउन २०७६

कास्की– अन्नपूर्ण गाउँपालिका–११ (साबिक घान्द्रुक गाविस)– ७ बस्ने ३१ वर्षीय मनप्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने  ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मनप्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा वादविवाद हुँदा कुमारले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएका मन प्रसादको भोलिपल्ट माघ ५ गते बिहान सोही चोटका कारण मृत्यु भएको थियो ।

घटनालगत्तै फरार कुमार करिब १४ वर्ष भारतमा बसेका थिए । त्यसपछि बुबाको मृत्युपश्चात घर फर्केएका उनी ६ वर्ष कास्की जिल्लाकै विभिन्न स्थानमा लुकेर बसेका थिए । लुकेर बसेकै अवस्थामा उनकै घर ठेगानाबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका गुरुङका बारेमा प्रहरीले थप अनुसन्धान गरिरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप