शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशिका र कार्यविधि राजपत्रमा प्रकाशित गरेर जानकारी दिएका छौं: मन्त्री विष्ट

सोमबार, ०६ साउन २०७६, १८ : ३२
सोमबार, ०६ साउन २०७६

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नो मन्त्रालयको निर्देशिका र कार्यविधि राजपत्रमा प्रकाशित गरेर आम जनतालाई जानकारी दिएको दावी गरेका छन् । मन्त्री विष्टले संविधान, कानुनअनुसार बन्ने निर्देशिकाबारे संसदलाई पनि जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।

सोमबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्देशिका र कार्यविधिबारे आम जनतालाई जानकारी गराउनु सरकारको कर्तव्य भएको पनि स्वीकार गरे ।

बैठकमा समितिका सदस्यहरुले संविधान, कानुन विपरित निर्देशिका, कार्यविधि बनाउने काम गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य राधेश्याम अधिकारीले श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन विपरित निर्देशिका जारी गरेको पाइएको उल्लेख गर्दै आपत्ति जनाए ।

समितिले संविधान र कानुन अनुसार मन्त्रालयहरुले कार्यविधि र निर्देशिका बनाए/नबनाएको अनुगमनको कामलाई सुरु गरेको छ । समितिका सभापति रामनारायण बिडारीले सबै मन्त्रालयलाई छलफलमा बोलाएर ऐन अनुसारको कार्यविधि र निर्देशिका बनाएर अघि बढन सचेत गराउने गरी छलफल अघि बढाइएको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप