बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रितम र आयुष मेडिसिटीमा, २ लाखको स्वास्थ्य बिमाबाट सम्मानित

सोमबार, ०६ साउन २०७६, १७ : ३४
सोमबार, ०६ साउन २०७६

ललितपुर– नेपाल मेडिसिटी अस्पतालले बाल गायकद्वय प्रितम आचार्य र आयुष केसीलाई सम्मान गरेको छ । 

सोमबार अस्पतालमा आयोजित एक कार्यक्रका बीच अस्पतालले आचार्य र केसीलाई सम्मान गरेको हो । 

आचार्य र केसी क्रमशः नेपालकै प्रथम खोजी बाल प्रतिभाको राष्ट्रव्यापी बाल गायन प्रतियोगिता ‘सुरशाला जुनियर आयडल’ देखि जिटीभी सारेगामापा लिटिल च्यम्प्सको तेस्रो र चौथो हुन सफल भएका थिए । 

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले २ लाखको स्वास्थ्य बीमा प्याकेज र सम्मान पत्रसहित गायकद्वय आचार्य र केसीलाई सम्मान गरेका हुन् । स्वास्थ्य बिमा प्रति आम नागरिकको धारणा परिवर्तन गर्न र बिमा सचेतना फैलाउनकै लागि बाल गायक द्वय आचार्य र केसीलाई स्वस्थ्य बिमा प्याकेजबाट सम्मान गरिएको अध्यक्ष महतोले बताए ।

अध्यक्ष महतोेले अन्तर्राष्ट्रियस्तरमा गएर नेपाली टोपीको सान राखेर आउनु आम नेपालीको लागि गर्वको विषय भएको र यस्ता प्रतिभालाई उजागर गर्न हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । डा. महतोले भने, ‘अस्पतालमा सम्मान तथा सांगीतिक कार्यक्रमको आयोजना गर्नुको मुख्य कारण अस्पताल भित्र बिरामीले उपचारसँगै मनोरञ्जन पनि प्राप्त गरुन र बिरामीहरुलाई औषधीले मात्र होइन गीत संगीतले पनि उपचार गर्न सकिन्छ भन्ने सन्देश दिनु हो ।’

त्यसैगरी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले औषधीको साइड इफेक्ट भने तर संगीतको साइड इफेक्ट नहुने भएकाले मेडिसिटीमा आउने बिरामीका लागि गीत गाइदिन आयुष र प्रितमलाई आग्रह गरे ।

कार्यक्रममा गायकद्वय आयुष र प्रितमका संगीत गुरु अमृत क्षेत्रीले सुरशाला जुनियर आयडलदेखि जिटीभी सारेगामापा लिटिल च्यम्प्ससम्मको यात्रा स्मरण गरे । उनले आयुष र प्रितम एक उदाहरणीय प्रतिभा भएको भन्दै अन्य थुप्रै बाल प्रतिभा समाजमा लुकेर रहेको बताए । 

उनले प्रतिभालाई अगाडि बढाउन अविभावकको अहम् भूमिका हुने भन्दै आफ्ना सन्तानको प्रतिभा पहिचान गरिदिन आम अभिभावकलाई आग्रह गरे । क्षेत्रीले बाल प्रतिभालाई उजागर गर्नकै लागि सुरशाला जुनियर आयडल २ को घोषणा गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा प्रितम र आयुषले नेपाली गीतसँगै सारेगामापामा गाउँदा निकै चर्चा बटुलेका हिन्दी गीतहरु गाएर सुनाएका थिए । प्रितमले ‘जहाँ छन बुद्धका आँखा’, ‘सन्देशे आते है’ र ‘तडप तडप’ गाए भने आयुषले आफ्नै गीत ‘म एक बालक’, ‘आमा वावा, र वो रंग भी क्या रंग हे लगायतका गीत गाएका थिए ।

उनीहरुले आफूहरुलाई यो स्थानसम्म पुर्याउन मेडिसिटीका अध्यक्ष उपेन्द्र महतोले सहयोग गरेकोमा आभार व्यक्त गरे ।

सुरशाला जुनियर आयडल प्रतियोगितालाई डा. महतोले प्रायोजन गरी सहयोग गरेका थिए । कार्यक्रममा प्रितम आयुषका माता पिता र सुभचिन्तक, डाक्टर साथै बिरामीहरुले पनि कार्यक्रमको मजा लिएका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको पनि उपस्थिति रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप