मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब सजिलै मोबाइल बाट विदेशी मुद्रा सटही गर्न सकिने

सोमबार, ०६ साउन २०७६, १७ : १२
सोमबार, ०६ साउन २०७६

काठमाडौं– अन्तर्राष्ट्रिय विदेशी मुद्रा सटहीका लागि मोबाइल एप्लिकेसन ‘प्रभु ईजी फोरएक्स’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रभु बैंक लि ले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । 
सहज रुपमा वैदेशिक मुद्रा आफ्नै मोबाइलबाट सटहीको सेवा प्रदान गर्ने उद्देश्यले आम सेवा ग्राहीहरु माझ प्रभु इजी फोरएक्स ल्याएको प्रभु बैंकले जनाएको छ ।  रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि विदेश आउजाउ गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा झण्झटिलो र लामो प्रकृयामा अन्तर्राष्ट्रिय मुद्रा सटही हुने प्रविधिलाई विस्तापित गर्दै नविन प्रविधिमार्फत मुद्रा सटहीलाई प्रविधिमैत्री तथा सरलीकृत गर्न मोबाइल एप ल्याएको कम्पनीले बताएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा सटहीका लागि सेवा आवश्यक पर्नेहरुले सजिलै मोबाइल वा अनलाईनबाट आवेदन गर्न सक्ने छन् ।  त्यसका लागि प्रभु ईजी फोरएक्स मोबाइल एप मोबाइलमा उपलब्ध प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ भने एपस्टोरमा समेत चाडै नै उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । 

मोबाइल एपमार्फत वैदेशिक मुद्रा सटहीका लागि अनलाइन आवेदन दिएको केहि समयभित्रै बैंकले एसएमएसमार्फत सटहीको कन्फर्मेसन प्रदान गर्छ । त्यसपछि आवेदकले आफ्नो अनुकूल समयमा तोकिएको शाखा तथा काउण्टरबाट सटही मुद्रा संकलन गर्न सक्ने छन् । 

यो सुविधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैंकको काउण्टरमा समेत उपलब्ध गराइएको प्रभु बैंकले जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप