शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्लोअप  : तीर्थराज निरौलामाथि पनि कारबाही सिफारिस

सोमबार, ०६ साउन २०७६, १६ : ३०
सोमबार, ०६ साउन २०७६

युएई । संयुक्त अरब इमिरेट्स (युएई) काे आवुधावीस्थित नेपाली दूतावासले नागार्जुन नगरपालिका ९ स्यूचाटार घर भएका तीर्थराज निरौलालाई कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सिफारिस गरेको छ । 

साउन १ गते दूतावासका श्रम सहचारी मोतिराम भुषालद्वारा हस्ताक्षरित पत्रमा निरौलालाई सम्बन्धित कागजातसहित आवश्यक कारबाही गर्न सिफारिस गरेको हो । 

अमर कुँवर र दिक्षा कुँवरले दूतावासमा जेठ २ गते दिएको निवेदनको आधारमा निरौलालाई कारबाहीको लागि सीआईबीलाई पत्र काटिएको श्रम सहचारी भुषालले रातोपाटीलाई जानकारी दिए । 

यसअघि वैशाख ३ गते निरौलाले अमर कुँवर र दिक्षा कुँवरले आफूलाई ठगेको भन्दै दूतावासमा दिएको निवेदनको आधारमा दूतावासले कुँवरद्धयलाई कारबाहीको लागि सीआईबीलाई सिफारिस गरेको थियो ।

सीआईबीका प्रमुख डीआईजी निरज शाहीले आवुधावीस्थित नेपाली दूतावासबाट पत्र आएको पुष्टि गरे । उनले भने, ‘निरौला र कुँवरको व्यक्तिगत लेनदेनको विषय रहेकाले दूतावास र वैदेशिक रोजगार विभागले हेर्नुपर्ने हुन्छ ।’

सीआईबीले जुलाई ७ मा दूतावासलाई पत्र काटेर पठाएको समेत डीआईजी शाहीले बताए । ‘पत्रमा व्यक्तिगत लेनदेनको विषय रहेकाले दूतावासले नै सल्ट्यानुपर्ने, ’ डीआईजी शाहीले भने, ‘हामीले पनि छुट्टै तरिकाले अनुसन्धान गरिरहेका छौं ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप