बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हतियार उठाउनु आवश्यकता छैनः वैद्य

सोमबार, ०६ साउन २०७६, १६ : १३
सोमबार, ०६ साउन २०७६

जनकपुर–नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले वर्तमान संविधान अपाङ्ग रहेको टिप्पणी गरेका छन् । 

सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले राज्यले संविधानले सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई अपाङ्ग बनाएर निरिह संघीय व्यवस्था लाद्न खोजेको बताए । 

वैद्यले जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको पनि बताए ।

 उनले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको बताए । 

उनले लोकसेवा आयोगले निकालेको विज्ञापन पनि आन्दोलनको जनभावना विपरित आएको बताए । 

 वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै उनले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टी नरहेको टिप्पणी गरे । 

‘कम्यूनिष्ट पार्टीको सरकार भएको भए लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै अभिव्यक्ति तथा वाक् स्वतन्त्रता, राजनीतिक दल माथिको प्रतिबन्ध लगायतका गलत कार्य ओली–प्रचण्ड सरकारले गर्ने थिएन’, उनले भने । 
उनले विप्लव नेकपामाथि सरकारले प्रतिबन्ध लगाएर सरकार विरोधी क्रियाकलाप गर्ने राजनीतिक दल प्रतिको आक्रमण भएको टिप्पणी गरे । 
यद्यपि उनले विप्लब नेतृत्वको नेकपाको कार्यदिशा नै अलमल रहेकोको बताए ।  यसलाई विप्लवले प्रष्ट्याउन जरुरी रहेको उनको भनाई छ । 
जनआन्दोलन, मधेस आन्दोलन लगायत चरणबद्ध आन्दोलनमा उठेका मुद्दाहरुलाई नेकपा क्रान्तिकारी माओवादीले नयाँ ढंगले अगाडि  बढाउने उल्लेख गर्दै वैद्यले  संगठन विस्तार तथा नयाँ ढंगले आन्दोलन हाक्ने जनकपुरमा बसेकाे पोलिटव्यूरो बैठकले निर्णय गरेको बताए ।

उनले अहिलेको अवस्थामा हतियारबद्ध आन्दोलन आवश्यकता नरहेकोले परिस्थति अनुसारको सबै वर्ग, लिंग समुदायलाई समेटेर नयाँ उचाईका साथ आन्दोनलको आवश्यकता रहेकोले सोको तयारीमा लागेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप