शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिको श्लेषमान्तक वन क्षेत्रमा वृक्षारोपण

सोमबार, ०६ साउन २०७६, १५ : ४८
सोमबार, ०६ साउन २०७६

काठमाडौं– राजधानीको पशुपतिनाथ क्षेत्रमा पर्ने श्लेषमान्तक (मृगस्थली) वन एवम् विश्वरुपा मन्दिर हाता क्षेत्रमा पशुपति क्षेत्रविकास कोष र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा लप्सी, चाँप, पैयूँ, पारिजात, धूपी, सल्लालगायतका ३ हजार वृक्षारोपण गरिएको छ । 

वृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्रविकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रको गरिमा अभिवृद्धि गर्न श्लेषमान्तक वन र विश्रुपा क्षेत्रको बन जंगलको संरक्षण गरिनुपर्नेमा जोड दिए । 
उनले बृक्षारोपण कार्यले यो क्षेत्रको भूक्षय कम गर्ने तथा बनजंगल नमासे बाघ, चितुवा घरमा आएर नबस्ने प्रसंग समेत उठाए । 

यस्तै सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले पशुपतिनाथ सबैको आस्थाको केन्द्र भएको भन्दै श्लेषमान्तक वन, मृगस्थली वन क्षेत्रमा जंगल पातलिँदै गएकाले वृक्षारोपण गरिएको बताए ।

उनले आगामी दिनमा पशुपति क्षेत्रका अन्य क्षेत्रमा पनि सहकार्य गर्ने र रोपिएका वृक्ष संरक्षण गर्न र हुर्काउन कोष एवम् सशस्त्र प्रहरी दत्तचित्त भएर लाग्ने विश्वास व्यक्त गरे ।

वृक्षारोपण कार्यक्रममा कोषका निर्देशक भोला प्रसाद सिटौलाले स्वागत मन्तब्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप