भारतको उत्तराखण्ड प्रदेशका १३२ गाउँमा ३ महिनादेखि एकजना पनि छोरी नजन्मेपछि अनुसन्धान सुरु
एजेन्सी– भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लाका १३२ गाउँमा पछिल्लो तीन महिनामा एक जना पनि छोरी जन्मेका छैनन् । यो अवधिमा दर्ता भएको कूल २१६ गर्भाधारणमा सबै छोरा जन्मेको देखिएको छ ।
छोरा र छोरीको जन्ममा यति धेरै फिन्नता सार्वजनिक भएपछि जिल्ला प्रशासनले अनुसन्धान सुरु गरेको छ ।
‘टाइम्स अफ इण्डिया’को रिपोर्टअनुसार प्रशासनले यी १३२ गाउँलाई ‘रेड जोन’को रुपमा पहिचान गरेर जाँच सुरु गरेको छ । अनुसन्धानका क्रममा ‘स्थानीय सामाजिक स्वास्थ कार्यकर्ता’हरुमाथि निगरानी गरिनेछ ।
स्वास्थ विभागद्वारा उपलब्ध गराइएको तथ्याँकबाट यो कुरा खुलासा भएको हो ।
सन् २०११ को जनगणनामा पनि उत्तरकाशीमा बसोबास गर्ने पुरुष र महिलाको संख्यामा ठूलो भिन्नता देखिएको थियो । त्यहाँ पुरुषको संख्या १,६८,५९७ रहँदा महिलाको संख्या १,६१,४८९ मात्र छ ।
पछिल्लो तीन महिनाको तथ्याँकले जिल्लामा छोरीको भ्रूण हत्याको सम्भावनातर्फ संकेत गरेको छ । उत्तरकाशीका ‘डिस्ट्रिक्ट मेजिस्ट्रेट’ आशिष चौहानले यस प्रकरणबारे भने, ‘१३२ गाउँमा यति लामो समय एकजना पनि छोरी नजन्मिएको अवस्थाले छोरी भ्रूण हत्याको सम्भावना देखाउँछ ।’
उनले भने, ‘हामी थप ६ महिनासम्म बालबालिकाको जन्मको तथ्याँक र त्यहाँका स्वास्थकर्मीको गतिविधिहरुमाथि नजर राख्नेछौं । यदि स्थिति सुधार हुँदैन भने स्थानीय सामाजिक स्वास्थ कार्यकर्ताविरुद्ध कडा कारवाही गरिनेछ । त्यसको साथै दोषी परिवारविरुद्ध पनि कानूनी कारबाही गरिनेछ ।’
घटनाको जानकारी राज्यको मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतसम्म पनि पुगेको छ । मुख्यमन्त्रीले भने, ‘उत्तरकाशी जिल्लामा भएको घटना मुख्यमन्त्री कार्यालयमा जानकारी आएको छ । मैले घटनाको वस्तुस्थितिबारे पत्ता लगाउनको लागि जिल्लाधिकारीलाई निर्देश गरेको छु । यो तथ्याँक आश्चर्यजनक र चिन्ताजनक छ । ’ -picture: thewire Hindi
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता
-
२० तस्बिरमा हेर्नुहोस् गहना खोज्ने जात्रा
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
-
लागुऔषध चरेशसहित एक जना पक्राउ