बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक फ्यानले भने तपाईंलाई पाइन भने सुसाइड गर्छु– गायिका साहिमा

शुक्रबार, २७ साउन २०७४, ११ : ००
शुक्रबार, २७ साउन २०७४

साहिमा श्रेष्ठ, हाल चर्चामा रहेकी गायिका हुन् । चलचित्रको पाश्रव गायनदेखि एल्बमको गीतहरुमा समेत उनी छाउँने गरेकी छन् । ‘तिम्रो डोला डोला हातमा’, ‘तिमी बोल मीठा मीठा कुरा’, ‘तिम्रो पिक्चर हिट’ लगायत उनले स्वर दिएको चलचित्रका थुप्रै गीत हिट भएका छन् । पहिलो एल्बम ‘साहिमा’को ‘हेरेको हे¥यै म हुन्छु होला’ बोलको गीतबाट दर्शक श्रोताको मनमा बस्न सफल उनी पछिल्लो समय स्टेज कार्यक्रममा समेत व्यस्त रहेकी छन् । नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरेर अहिले उनले ‘आमाले पकाको दर खाने हो’ र ‘ओ भोला शङ्कर’ गीत ल्याएकी छन् । तीजमा आमा, दिदी, बैनीलाई छमछमी नचाउन आफूले तीज गीत बनाएको उनले बताइन् । मेकअप हल्का मन पराउने उनी गाजल, आइस्याडो, लिपस्टिक कहिल्यै छुटाउँदिन । यी नै गायिका साहिमालाई रातोपाटीको दस प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
– भर्खर मैले दुईवटा तीज गीत ‘ओ भोला शङ्कर’ र ‘आमाले पकाको दर’ बाहिर ल्याएकी छु । यसकै भिडियो प्रमोसनदेखि गीतको प्रमोसमा व्यस्त रहेकी छु ।

तपार्इं स्टेज कार्यक्रमा धेरै देखिने गायिका, सौन्दर्यमा कतिको ध्यान दिने गर्नुभएको छ ?
– हल्काफुल्का ध्यान दिन्छु । मेकअप आफै गर्छु । समय मिल्यो भने कहिले काहीँ पार्लर पनि जाने गरेकी छु । मेकअपमा खासै समय लाग्दैन मलाई । मेकअपमा गाजल, आइस्याडो, लिपस्टिक कहिल्यै छुटाउँदिन ।

फेसनतिर कतिको रुचि छ ?
– रुचि छ नि । फेसन गर्न पनि मनपर्छ । बजारमा के फेसन चलेको छ । के आउँदैछ । सबैको जानकारी लिने गरेकी छु । नर्मल फेसनमा हिँड्न रुचाउने केटी म । सारी र ब्लाउज लगाउँदा मलाई धेरै सुहाउँछ । अरुले मलाई राम्रो देख्ने पहिरन पनि यही हो । 

दैनिक कति समय रियाजमा बित्छ ?
– फुर्सद भएको समय दिनको तीन घन्टासम्म पनि रियाज गर्ने गरेकी छु । व्यस्त हँुदा एक घन्टा अनिवार्य गर्छु ।

घुम्न मनपर्ने ठाउँ ?
– धेरै मनपर्ने ठाउँ पोखरा हो । पोखराको सौन्दर्यले मेरो मन लोभ्याएको छ । जान मन लागेको ठाउँ फोक्सुन्डो ताल हो । यसको बारेमा धेरै सुनेकी छु । एक पटक पुग्ने इच्छा छ ।

गायनको पहिलो कमाइ केमा खर्च भयो  ?
– पहिलो कमाइ जति थियो, त्यो सबै भगवानलाई नै चढाइ दिएँ ।

आफ्नो शरीरको मनपर्ने अङ्ग ?
– मलाई मेरो आँखा धेरै मनपर्छ  । मलाई मात्र हो र ? अरुले पनि आँखा नै मन पराउँछन् । तिम्रो आँखा राम्रो छ भन्ने कति छन् कति ।

प्रेममा हुनुहन्छ ?
छैन । प्रेम प्रस्ताव त धेरै आउने गरेका छन् । माया गर्छु भनेर पछि लाग्ने पनि धेरै छन् । एउटा फ्यानले धेरै फोन गर्थे । उनको फोनले म दिक्दार भएकी थिएँ । उनी मलाई मन पराउँदा रहेछन् । फोनमा उनले मलाई पाइन भने सुसाइड गर्छु भनेर धम्क्याए । मैले तपाईंलार्इं देखेको पनि छैन । चिनेको पनि छैन । मर्न चहानु हुन्छ भने म बचाउन पनि सक्दिनँ । त्यतिकै म कसरी तपाईंकी हुनसक्छु । मलाई लाइफमा धेरै अगाडि बढ्नु छ । मायाको कुरा अहिले सोच्न सक्दिनँ । पहिले करियर बनाउन पछि यस विषयमा सोचौँला भनेर उनलाई सम्झाएँ ।

ड्रिम ब्वाइको कल्पना पनि गरेको होला नि ? 
– मलाई धेरै माया गर्ने, मेरो पेसालाई सम्मान गर्ने, काममा सपोट गर्ने होस् ।

रोजेको व्याक्तिसँग डेट जाने अफर दियो भने ?
– बलिउड अभिनेता अक्षय कुरमासँग जान्छु । उहाँ मलाई धेरै मनपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप