शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बर्षाको पछि-पछि पुष्प किन ?

सोमबार, ०६ साउन २०७६, १४ : १५
सोमबार, ०६ साउन २०७६

काठमाडौं– फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा देखिने अभिनेत्री हुन् बर्षा राउत । यी नै बर्षाको अभिनय रहेको ‘पछि पछी’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।  भिडियोमा बर्षाका पछि–पछि लाग्ने केटाको रुपमा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । गायक पदम राई र गायिका मेलिना राईको नै स्वर रहेको यो गीतको भिडियोमा यी दुबैलाई पनि देख्न सकिन्छ । 

दीपक शर्माको शब्द तथा संगीत, रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने कोरियोग्राफी गम्भीर बिस्टको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप