केन्द्रीय संस्करण

भाषणको क्रममा इमरानको विरोध, स्वतन्त्रताको नारा लगाइयो

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline0
File Photo of Pakistan Prime Minister Imran Khan. (Reuters)

पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा छन् । सोमबार उनको राष्ट्रपति ट्रम्पसँग भेटघाटको कार्यक्रम छ । यसअघि आइतबार इमरानले पाकिस्तानी मूलका व्यक्तिहरुलाई एक इन्डोर स्टेडियममा सम्बोधन गरे । यसमा बलोच कार्यकर्ताले बलूचिस्तानको स्वतन्त्रताको नारा लगाए । नारा लगाउनेहरुलाई सुरक्षाबलले बाहिर निकालिदिए । यस्तै, भाषणमा जेलमा बन्द पूर्व प्रधानमन्त्री नवाज शरिफलाई कुनै प्रकारको सुविधा नदिने उनले बताएका छन् । नवाज शरिफ अपराधीको रुपमा बस्नुपर्ने उनले धारणा राखे ।

अमेरिकामा थुप्रै बलोच कार्यकर्ता बसोबास गरिरहेका छन् । उनीहरु पाक आर्मीद्वारा गरिएको अत्याचारको मुद्दा उठाउने गर्छन् । पछिल्लो दुई दिनदेखि बलोच कार्यकर्ताले इमरान खानसँगको भेटमा गायब भइरहेको बलूचिस्तानका मानिसहरुको मुद्दा उठाउन ट्रम्पलाई आग्रह गरिरहेका छन् ।

‘घरको खाना चाहन्छन् नवाज’

नवाजलाई जेलमा घरको खाना र एयर कन्डिसन कोठामा राखिएको दाबी गरिएको छ । यसमा इमरान खानले भने, ‘नवाज जेलमा घरको खाना चाहन्छन् । उनी एयर कन्डिशनमा बस्न चाहन्छन् । तर हाम्रो मुलुकका आधा जनसंख्यासँग टिभी वा एयर कन्डिसनजस्ता सुविधा छैन । यदि यी सबै उनलाई उपलब्ध गराइयो भने यो कस्तो सजायँ भयो ?’

‘पाकिस्तान फर्किएर म यो कुराको विरोध गर्नेछु । उनलाई यस्ता कुनै पनि सुविधा उपलब्ध नगराउन भन्नेछु । मलाई थाहा छ कि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) की नेता र नवाजकी छोरी मरियमले यसको विरुद्धमा आवाज उठाउनेछन् । म उनलाई यही भन्न चाहन्छु कि देशबाट लुटेको पैसा फिर्ता गर । मात्र यही एउटा तरिका छ ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...