शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतः अर्थमन्त्री खतिवडा

सोमबार, ०६ साउन २०७६, १२ : ३८
सोमबार, ०६ साउन २०७६

काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा चित्रण गरेका छन् । 

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको पनि स्पष्ट पारे । 

सोमबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उनले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको पनि स्मरण गरे । 

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको पनि बताए । 

गरिव, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षा अन्तरगत भत्ताको समेत व्यवस्था गरेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप