केन्द्रीय संस्करण
विज्ञान

अचम्मको कुरा, ब्याक्टेरिया रोगका वाहक मात्र  हैन, मान्छेको असल साथी पनि पो रहेछ !

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline0

ब्याक्टेरिया भन्ने बित्तिकै हामी डरलाग्दा रोहरुबारे कल्पना गरेर तर्सन थाल्छौ । किनभने, टाइफाइ, हैजा, कुष्टरोग,प्लेग, टी.बी., डिप्थेरिया, निमोनिया, लगायत अन्य धेरै खतरनाक रोगहरु र समस्याहरु ब्यकटेरियाकै कारण हुन्छन् । त्यसैले ब्यक्टेरियाको नाम सुनेर हामी तर्सनु स्वभाविकै नै हो । 

सर्वत्र पाइन्छ व्याक्टेरिया
व्याक्टेरिया पृथ्वीका हरेक कुनामा, माटो, समुद्र, अन्टार्कटिकाका अथाहा हिउँमा समेत पाइन्छ । तीमध्ये धेरैजसो बोटविरुवा, प्राणीका शरीरमा बसोबास गर्ने गर्छन् । एउटा मानिसको शरीरभित्र मात्रै उसको शरीरको जम्मा कोषहरुको तुलनामा १० गुनाभन्दा बढी त व्याक्टेरिया नै हुन्छ । तीमध्ये धेरैजसो चाहिँ पाचन प्रणालीमा बसोबास गरेका हुन्छन् ।  

केही व्याक्टेरिया माटो अथवा मृत वनस्पतिमा पाइन्छ । यी व्याक्टेरियाले माटोलाई आवश्यक हुने पौष्टिकता पुनचक्रमा महत्त्वपूर्ण भूमिका निभाउँछ । 

केहीले खानालाई खराब गर्ने र खेतीपातीमा क्षति पुर्‍याउने गर्छ । तर फेरि दहीजस्ता फटाएर वा रक्सीजस्तो कुहाएर बनाइने खाद्य पदार्थमा व्याक्टेरिया नभई नहुने तत्त्व हुन् ।  
तुलनात्मक अति थोरै व्याक्टेरियाहरुले मात्रै विभिन्न प्रकारका रोग लगाउने गर्छ । 

व्याक्टेरियाको प्रजनन प्रक्रिया
व्याक्टेरिया ‘बाइनरी फिजन’ प्रक्रियामार्फत प्रजनन् गर्छन् । यस प्रक्रियामा एक कोषमात्र हुने व्याक्टेरिया दुई दुरुस्त उस्तै बच्चा कोषमा विभाजित हुन्छ । ‘बाइनरी फिजन’ व्याक्टेरियाको डीएनए दुई वटामा विभाजित हुन थालेपछि सुरु हुन्छ । 

त्यसपछि व्याक्टेरिया कोष लम्बिँदै गएर दुईवटामा विभाजित हुन्छ । दुवैमा बच्चा कोषमा दुरुष्त खालको डीएनए हुने हुदाँ, ती अभिभावक कोषको ‘क्लोन’ हुन् । 

उपयुक्त तापक्रम र पौष्टिकता पाउदाँ, इस्चेरिचिया कोलीजस्तो व्याक्टेरिया २० मिनेटभित्रै विभाजित हुन सक्छ । यसको मतलब ७ घण्टाभित्रै ती व्याक्टेरिया एउटाबाट २०, ९७, १५२ वटासम्म हुन्छन् । 
त्यसको एक घण्टापछि त्यस्तो व्याक्टेरियाको संख्या १,६७,७७,२१६ पुगिसकेको हुन्छ । त्यसैले रोग लगाउने जिवाणुले हाम्रो शरिरलाई आक्रमण गर्दा, हामी चाँडै विरामी पर्छौं । 

बाच्ने प्रक्रिया
केही व्याक्टेरियाले ‘इण्डोस्पोर्स’ निर्माण गर्न सक्छन् । ‘इण्डोस्पोर्स’ व्याक्टेरियाको निस्क्रिय स्वरुप हो जसले विषम ताप, अल्ट्रा–भ्वाइलेट विकिरण र किटाणुनासक रसायनजस्ता प्रतिकूल भौतिक र रसायनिक अवस्थाविरुद्ध बलियो प्रतिरोध गर्छ । 

यसैको कारण व्याक्टेरियालाई नष्ट गर्न धेरै कठिन हुन्छ । ‘इण्डोस्पोर’ निर्माण गर्ने व्याक्टेरियाहरु खतरनाक खालको जिवाणुमा पर्छन् । यसको उदाहरणमा एन्थ्र्याक्स लगाउने ब्यासिलस एन्थ्र्याक्स एउटा हो । 
सबै ब्याक्टेरियाहरु खराब हुन्नन्

    तर सबै ब्याक्टेरियाहरु मान्छेका लागि खराब हुँदैनन् । अहिलेसम्म संसारमा करिब १६ सय देखि दुई हजार थरीका ब्याक्टेरियाहरु पत्ता लागेका छन् । ती मध्ये अतिथोरै मात्राले अर्थात करीब २०० थरि ब्याक्टेरियाले मात्र हामीलाई रोग लगाउछ । यस्ता ब्याक्टेरियाहरुलाई प्याथोजेनिक ब्याक्टेरिया pathogenic bacteria भनिन्छ । अरु व्याक्टेरियाहरु मान्छेका लागि हानिरहित हुन्छन् । बरु, धरै जसो ब्याक्टेरिया त कुनै न कनै रुपमा मान्छे र प्रकृतिका लागि अत्यन्तै उपयोगी नै पनि हुन्छन् ।

  ब्याक्टेरिया हावा, पानी–जमीन  सबै ठाउँमा हुन्छ । यतिसम्म कि, यो समद्र, महासागरहरुका गहिरो पिँधहरुमा समेत पाइन्छ । तर यो हाम्रो नांगो आँखाले देख्ना सकिदैन । यो अत्यन्तै सुक्ष्म हुन्छ । आकारमा ब्याक्टेरिया एक देखि १० माइक्रोमिटर (एक इन्चको पच्चीस हजार भाग बराबर आकारको ) हुन्छ । 
 
   यो चित्र रोग लगाउने एक किसिमको ब्याक्टेरियाका हो यस ब्याक्टेरियाको नाम Neisseria meningitidis हो । यसले ब्याक्टेरियाका कारण हुने मेनेन्जाइटिस र अन्य रोगहरु लगाउछ । ब्याक्टेरियाले मरेका प्राणी र विरुवाहरुलाई कुहाउने (सडाउने) काम गर्छ । 

   एक छिन कल्पना गर्नुहोस त, ब्याक्टेरिया नहुदो हो त यो संसार कस्तो हुँदो होला ? संसार नै मरेका प्राणीहरु र विरुवाहरुले ढाकिने थियो ! 

   प्राणी तथा विरुवाहरु सडनु भनेको त्यसलाई ब्याक्टेरियाले खाएको हो । त्यसरी खाने क्रममा ब्याक्टेरियाले त्यसको जटील पदार्थहरु (Complicated substances) लाई सामन्य तुलाई दिन्छ । र, त्यही चीज नै जीवित प्राणी वा विरुवाले ग्रहण गर्न सक्ने रुपमा माटो, पानी वा हावामा मिल्छ । 

हामीले खाना खान्छौ । अन्य प्राणीले पनि खाना खान्छ । त्यसरी खाएको खानानलाई पचाउने काम पनि ब्याक्टेरियाले  नै गर्छ । मान्छेको आन्द्रमा धेरै ब्याक्टेरिया हुन्छ । आमाशयमा टुक्रिएर आएको खानालाई आन्द्रमा रहेको ब्याक्टेरियाले पनि खाना र टुक्रउन थाल्छ । त्यसैबेला ब्याक्टेरियाले खास किसिममा भिटामीन, पोषक तत्वहरु पैद गर्छ, जसलाई हाम्रो शरीरले ग्रहण गर्छ । 

माटोमा हुने एक किसिमको ब्याक्टेरियाले नाइट्रोजनलाई अड्याएर तथा खाद्यविरुवाले ग्रहन गर्न सक्ने बनाएर राखिदिन्छ । हामीले तयसै विरुवाहरुबाट खाद्य पदार्थहरु प्राप्त गर्छौ । त्यस बाहेक, दही, हचार, चीज, भिनेगरहरु बनाउन, केही थरि रङ्ग, प्लाष्टिक, सौन्दर्य प्रशोधनहरु, सुर्ती जस्ता वस्तुहरुमा, केही औषधीहरुमा तथा केही किसिमका धागोहरु, साबुन बनाउन पनि ब्याक्टेरियाकै प्रयोग र भूमिका भएको हुन्छ ।

जम्मा भन्ने हो भने, मान्छेले ब्याक्टेरियाको उपयोगिता थोरै मात्र जानेका छन् । अहिले भन्दा धेरै ढंगले जीवनोपयोगी एवं मानवोपयोगी काममा मान्छेले ब्याक्टेरियाको उपयोगिता गर्ने तरीकाहरु भविष्यमा पत्ता लगाउदै जानै निश्चित छ ।  

Photo Source : wikipedia

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...