बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका शिवालयमा बिहानैबाट भक्तजनको घुइँचो

सोमबार, ०६ साउन २०७६, ११ : ५५
सोमबार, ०६ साउन २०७६

हेमराज ढकाल, भक्तपुर । साउने पहिलो सोमबार आज भक्तपुरका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । 

सूर्यविनायक नगरपालिका वडानम्बर ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, पलाँसेको रहेको अग्लो शिव मूर्ति र दतात्रय लगायतका शिवालयमा बिहानैदेखि भक्तजनहरु लाइन बसेर दर्शन गरिरहेका छन् । 
भक्तजनको बिहानैदेखि भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष मोहन वल्लले जानकारी दिए । 

मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । बिहान ३ बजेबाटै भक्तजनहरु पुजाआजा तथा दर्शनका लागि लाइनमा पालो कुरिरहेका देखिन्थे ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा श्रावण १ गतेबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका प्रवक्ता तथा पूर्वअध्यक्ष बिदुरमानसिंह बस्नेतले जानकारी दिए ।
साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् ।

साउन महिनाको सोमबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रय मन्दिर, काभ्रेका मन्दिरहरू र भगवान पशुपति मन्दिरमा विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप