शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा पहिरोले घरको पर्खाल भत्किदा दुईको मृत्यु

शुक्रबार, २७ साउन २०७४, १० : ३०
शुक्रबार, २७ साउन २०७४

थम्मन थापा
बागलुङ । निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ बडगाउँमा घरको पर्खालले च्यापिएर दुई जनाको ज्यान गएको छ । 

गत राति करिब १२–१ बजेको समयमा घरको पछाडि पट्टिको गाह्रो भत्किएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उनका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । 
घरमा नाति, हजुरबुबा बस्दै आइरहेका थिए । राति करिब ११ बजेको समयमा बिबेक आफन्तकोबाट टेलिभिजन हेरेर फर्केको उनका आफन्त प्रदिप सुनारले बताए । 
स्थानीय सुनारका अनुसार कक्षा ३ मा पढ्ने नाती विवेक छिमेकीको घरबाट टीभी हेरर घरमा सुत्न आएको केहि समयपछि नै कर्सापरीबाट पहिरोले घरको भत्काएको थियो । 

बिहान अबेरसम्म पनि नाति हजुरबुबा नउठेको देखेपछि आफन्तले हेर्न आउँदा पुरिएको अवस्थामा देखेको र स्थानीयलाई खबर गरेको सुनारले बताए ।

स्थानीय र प्रहरी प्रशासनको सहयोगमा दुवैको शब निकालि पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा लगिएको छ । 

यसैबीच गलकोट नगरपालिकाले मृतक परिवारका लागी तत्काल राहतरुवरुप रु ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले रु ३० हजार प्रदान गर्ने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप