जापान रोजगारका लागि भाषा र सीप परीक्षा कात्तिकमा हुने
काठमाडौं–जापान रोजगारका लागि यही अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ ।
पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । त्यसपछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ ।
भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिएपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
नेपालले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो चरणमा केयर गिभरको लागि जनशक्ति लैजान लागेको हो । सम्झौतामा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भनिएको थियो । सम्झौता नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानी राजदूत मासासी ओगवाले हस्ताक्षर गरेका थिए ।
जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लैजाने बताएको थियो । गत डिसेम्बरमा जापानको मन्त्रिपरिषदले विदेशी कामदारलाई जापान भित्र्याउँने नीति पारित गरेपछि नेपाली कामदारलाई पनि जापान जाने बाटो खुलेको हो ।
जापानले नर्सिङ, सरसफाइ, उत्पादन मुलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा विदेशी कामदार लिन खोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान