शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका नदी तथा खोलामा बाढी, कहाँ–कहाँ छ खतरा ?

सोमबार, ०६ साउन २०७६, ११ : ०३
सोमबार, ०६ साउन २०७६

नेपाल बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुख्य नदीहरु कन्काई, कमला र बागमतीमा बहाब उल्लेख्य रुपमा बढ्ने जनाएको छ । सोमबार बिहान गरिएको मापन अनुसार केही शाखा नदीमा भने बहावले खतराको तह पार गर्ने सम्भावना रहेको छ ।

यसैगरी, महाशाखाका अनुसार भोलि र पर्सी प्रदेश १,२ र ३ का तपाई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । साथै, तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि सचेत रहन महाशाखाले आग्रह गरेको छ । 

आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्दो क्रममा रहेका छन् । पूर्वानुमान अनुसार यी नदीहरुले सर्तकता तह पार नगर्ने तर कोशीका सहायक नदी सुनकोशी र तमोरमा बहाव तुलनात्मक रुपमा बढी हुने जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप