बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिंस्रक बन्दै हङकङको प्रदर्शन : बेइजिङको सम्पर्क कार्यालयमा तोडफोड

सोमबार, ०६ साउन २०७६, १० : ४९
सोमबार, ०६ साउन २०७६

बेइजिङको सम्पर्क कार्यालय तोफोड तथा हङकङका मुख्य सडकमा अवरुद्ध गर्ने हजारौँ प्रदर्शनकारीमाथि प्रहरीले दर्जनांँ राउण्ड अश्रुग्यस तथा रबरका गोली प्रहार गरेको छ ।

आन्दोलनकारीले प्रहरी हस्तक्षेपको स्वतन्त्र सुनुवाइसहित प्रजातन्त्रको माग राख्दै शान्तिपूर्ण प्रदर्शन सुरु गरेका थिए ।

कालो वस्त्र लगाएका प्रदर्शनकारीको जुलुस आइतबार हङकङ टापुको भिक्टोरिया पार्कमा जम्मा भइ व्यस्त व्यापारीक क्षेत्र वानचाईतर्फ अगाडि बढेको थियो ।

सेन्ट्रल छेङवानको अन्तिम विन्दुस्थित बेइजिङको सम्पर्क कार्यालयमा बाहिरबाट हजारौं प्रदर्शकारी आएर अण्डा फालेका थिए भने कार्यालय भवन अगाडि राखिएको चीनको राष्ट्रिय झण्डा र प्रतिकमा तोडफोड गरेका थिए ।

प्रदर्शन आयोजक सिभिल हृयुमन राइट फ्रन्टले प्रदर्शनमा चार लाख ३० हजार सहभागी भएको र एक लाख ३८ हजार प्रहरी परिचालन गरेको बताए ।

‘यो मार्चमा हामीहरुको मुख्य माग स्वतन्त्र छानविन हो, प्रहरीले निरन्तर शक्तिको दूरुपयोग गरेका छन्,’ सिभिल हृयुमन राइट फ्रन्टका उपसंयोजकले अलजजिरालाई बताएका छन् ।

जुन महिनाको सुरुदेखि विवादित विधेयक जसले संदिग्ध अपराधिलाई चीन सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको भन्दै प्रदर्शन जारी रहेको छ ।

बेलायतको उपनिवेश रहेको हङकङ आधिकारिकरुपमा सन् १९९७ मा हस्तान्तरण भएदेखि नै यो अर्धस्वायत्त आर्थिक केन्द्रमा चिनीयाँ हस्तक्षेप भएको आरोपसहित कडाविरोध हुँदै आएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई प्रदर्शन सक्न अदालतमा जान अनुरोध गरिरहेका छन् । ‘न्यायका लागि हामी अदालत जान चाहन्छांै’ लिउङले भनेका छन्, ‘हामी हङकङका जनता सँधै अदालतमा विश्वास गर्छौं, हामी अझै स्वतन्त्र छौं, कानूनी शासन सबैभन्दा महत्वपूर्ण हो ।’

हङकङलाई परम्परादेखि ‘एक देश, दुई प्रणाली’को ढाँचाका रुपमा लिँदै नागरिक स्वतन्त्रता तथा कानूनी शासनको प्रत्याभूति छ । तर, प्रदर्शनकारीले नागरिक अधिकार र कानूनी शासनको खतरा रहेको दावी गर्दै आएका छन् ।

आइतबारको प्रदर्शनकारीका साथै प्रहरी पनि घाइते भएका छन् । प्रदर्शनकारीले आइतबार पुनः आफ्ना पाँचवटा मागलाई दोहो¥याएका छन् । जुन १२ को प्रदर्शनमा दङ्गाका विषयमा लगाइएको आरोप हटाउनपर्ने, प्रदर्शनकारीको रिहाई गर्नुपर्ने र आफ्ना अधिकारीलाई प्रत्यक्ष चुन्न पाउनुपर्नेजस्तमा माग रहेका छन् ।

‘यहाँ दुई महिनादेखि ठूलो प्रदर्शनी हुँदै आएको छ । तर, सरकारले अझै पनि हाम्रा अनुरोध सुनेको छैन’, एक जना ३० वर्षीय प्रदर्शनकारीले भने, ‘हाम्रो लक्ष्य पूरा नहुन्जेल हामी रोकिने छैनौं ।’

हङकङका प्रजातन्त्रिक कार्यकर्ता जोशुव वाङले प्रहरीको हस्तक्षेप अत्यन्त संवेदनशील विषय भएको बताए । उनले हङकङ सरकारसँग प्रदर्शनकारीमाथि भएका घटनाको स्वतन्त्र अनुसन्धान समिति बाउनुपर्ने अलजजिरालाई बताए ।

हङकङ फ्रि प्रेसका अनुसार गत साता सहर नजिकै भएको प्रर्दशनमा ४० जना गिरफ्तार भएका छन् भने दुई दर्जन घाइते भएका छन् । चाइना मर्निङ पोष्टका अनुसार शनिबार ठूलो विष्फोटक पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले प्रदर्शनकारीबाट १० वटा प्रट्रोल बमसहित, रड, चच्कु, एसिडसहित दुई किलोग्राम विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ । हङकङ नेसनल फ्रन्टले पक्राउ टेलेग्राम सहूहका र एक जना आफ्नो समुहको रहेको पुष्टी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप