बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सेवाग्राहीकै भेषमा अख्तियार सार्वजनिक सरोकारका कार्यालयमा

सोमबार, ०६ साउन २०७६, ०७ : ०३
सोमबार, ०६ साउन २०७६

सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्‍यापिड एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् ।

अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन् । ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ । 

यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन् । उनीहरू अर्को टोलीलाई खबर गर्छन् । त्यसले नियन्त्रणमा लिन्छ । त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन् ।

फोर्सकै कारण ‘स्टिङ अपरेसन’सहित अख्तियारको क्रियाशीलता बढेको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप