शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती तेल ट्याङ्करका चालक दलका सदस्य सुरक्षित र स्वस्थ: इरान

आइतबार, ०५ साउन २०७६, २३ : ४९
आइतबार, ०५ साउन २०७६

तेहरान-इरानद्वारा कब्जामा लिइएको बेलायती तेल ट्याङ्करका सबै चालक दलका सदस्यहरू सुरक्षित र स्वस्थ रहेको इरानी अधिकारीलाई उद्धृत गरी यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

तेल ट्याङ्कर ‘स्टेना इम्पेरो’मा भएका सबै २३ जना चालक दलका सदस्य ‘सुरक्षित र स्वस्थ’ रहेको इरानी बन्दगाह तथा सामुद्रिक सङ्गठनका प्रमुखले बताउनुभएको उक्त टेलिभिजनले जनाएको छ ।
 
उक्त ट्याङ्करमा २३ चालक दलका सदस्य रहेका छन् । उनीहरूमध्ये १८ जना भारतीय नागरिक रहेको नयाँ दिल्लीले जनाएको छ । 

बन्दर अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्याङ्करमा १८ जना भारतीय नागरिकले काम गर्थे र उनीहरूलाई ट्याङ्करसँगै नियन्त्रणमा लिइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताए ।

इरानी अधिकारीका अनुसार बेलायती ध्वजावाहक ट्याङ्करले माछामार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ को उल्लङ्घन गरेको आरोपमा ट्याङ्करलाई कब्जामा लिइएको बताइएको छ । इरानी सामुद्रिक इलाका हर्मुजको घाँटीबाट इरानी रिभोलुसनरी गार्डका सिपाहीले उक्त तेल ट्याङ्करलाई नियन्त्रणमा लिएका थिए । -सिन्ह्वा /photo : Press TV via IRGC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप