धर्मसेनाले स्वीकारे विश्वकप फाइनलको गल्ती, के बदलिएला विश्वकपको नतिजा ?
एजेन्सी-इङ्ल्यान्डमा हालै सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आफुबाट गल्ति भएको अम्पायर कुमार धर्मसेनाले स्वीकार गरेका छन् । लर्ड्स मैदानमा भएको इङ्ल्यान्डम र न्युजिल्यान्डबीचको फाइनल खेल अन्तर्गत अन्तिम ओभरको चौथो बलमा इङ्ल्यान्डले ओभर थ्रोका कारण ६ रन प्राप्त गरेको थियो ।
त्यस ओभरमा थ्रोमार्फत एक अतिरिक्त रन अम्पायरको गल्तीका कारण भएको थियो । सोहि एक रनले गर्दा इङ्ल्यान्ड र न्युजिल्यान्डको खेल बराबरी भएको थियो । दुवै टोलीको समान दुई सय ४१ रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । संयोगवस सुपर ओभरमा पनि खेल बराबरी भएपछि सर्वाधिक बाउन्ड्री हानेको आधारमा आयोजक इङ्ल्यान्डलाई च्याम्पियन बनाइएको थियो ।
यस घटनापछि अम्पायर धर्मसेनाको निर्णयको चौतर्फी विरोध भएको थियो । आईसीसीको समेत विश्वभर विरोध गरिएको थियो । श्रीलंकन टोलीका पूर्व खेलाडी समेत रहेका धर्मसेनाले आफु मैदानमा रहेका कारण रिप्लेमा ब्याट्सम्यान क्रस गरेको वा नगरेको हेर्ने सुविधा नभएकोले गम्भीर त्रुटि भएको बताएका छन् । ‘टेलिभिजनमा रिप्ले हेर्दा गल्ती भएको देखिएको छ । म यसलाई स्वीकार गर्दछु । मैले निर्णय गर्दा म्याच अफिसियलसँग समेत छलफल गरेर रन दिएको थिएँ । उक्त निर्णयप्रति मलाई कुनै पछुतो छैन,’ धर्मसेनाले भनेका छन् ।
फाइनल खेलमा धर्मसेनासँगै दक्षिण अफ्रिकी अम्पायर मारिस इरास्मसले पनि अम्पायरिङ गरेका थिए । विश्वकपको आईसीसी र अम्पायरबाट गल्ती भएको भन्दै अहिले विश्वभर विरोध भइरकेको छ । न्युजिल्यान्डमाथि अन्याय भएको भन्दै कतिपयले दुवैलाई विजेता बनाउनु पर्ने, फेरी अर्को ओभर खेलाउनु पर्ने जस्ता फरक फरक आवाज उठाउँदै आएका छन् । आईसीसीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता