शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीद्वारा महोत्तरीमा अवैध सामान बरामद

आइतबार, ०५ साउन २०७६, २२ : ४९
आइतबार, ०५ साउन २०७६

बर्दिबास- महोत्तरीको र्दुइ छुट्टाछुट्टै ठाँउबाट प्रहरीले  अवैध सामान नियन्त्रणमा लिएको छ । जिल्लाको मनराशिशवा न.पा.वडा नं. ३ स्थित  भारतबाट लुकाई छिपाई ल्याएको दो फूल नामको तोरीको तेल BR 30 J 2443  नं. मोटरसाईकल १ थान, नम्बर स्पष्ट नदेखिएको BR …897  नं. मोटरसाईकल १ थान गरी जम्मा ३९ हजार ३ सय ६० रुपैयाको सामान नियन्त्रणमा लिइएको छ ।  

त्यस्तै महोत्तरी जिल्लाकै सम्सी गाउपालिका वडा नं. ७ स्थित शंकर मन्दिर जाने बाटोमा  भारतबाट अवैध रुपमा ल्याई गोदाममा लुकाई राखिएको अवस्था विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रामगोपालपुर  महोत्तरीको गस्ती टोलीले अवैध सामान बरामद गरेको छ ।

बरामद गरिएको सामानहरु गुल,कस्तुरी, अवीर,झोला , राजनिवास , गुलाव जामुन, विका जी मिठाई,साग, दुधको प्याकेट,हवाफ घोडा, खाने तेल, दो फूल खाने तेल, नरिवल ,१२. बी. आर. ३० त्त १८२९ नं. डिस्कभर १२५ सीसी मोटरसाईकल १ थान गरी जम्मा  २८ हजार ३ सय १० रुपैयां मुल्यको सामान बरामद गरेको छ ।

दुवै घट्नामा बरामद गरिएको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी महोत्तरी भन्सार कार्यालय जलेश्वर भिठ्ठामोडमा पठाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप