बायर्नसँग हार्यो रियल म्याड्रिड
एजेन्सी-प्रिसिजन तयारीका लागि जारी इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा बायर्नले रियललाई ३–१ गोलले हरायो । बायर्नको जितमा कोट्रिन टोलिस्सोले १५औं, रोबर्टो लेवान्ड़ोस्कीले ६७औं र सेर्गी गनाब्रीले ७० औं मिनेटमा गोल गरे ।
रियलका लागि रोड्रिगोले ८५औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । बार्यन ८१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । वायर्नका स्भेन उलरीच रातो कार्ड पाउँदै बाहिरिए पनि रियलले प्रभाव जमाउन सकेन ।
च्याम्पियन्स कपकै अन्य खेलमा इङ्लिस क्लब आर्सनलले इटालियन क्लब फ्लोरेन्टिनालाई ३–० गोलले पराजित गर्यो । आर्सनलको जितमा एडवार्ड एनकेइटाले १५औं र ६५औं मिनेटमा दुई गोल गरे । जोसेफ विलकले ८९ औं मिनेटमा एक गोल थपेका थिए । अकोृ खेलमा म्यानचेस्टर युनाइटेडले इन्टरमिलानलाई १–० गोलले हरायो । युनाइटेडका जितमा मासोन ग्रीनउडले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
-
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
-
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू