पाँच नम्बर प्रदेशमा नेकपाको जिल्ला नेतृत्व, कसले कहाँ पाए जिम्मेवारी ?
बुटवल-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरका इन्चार्ज पनि चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । त्यसैक्रममा पाँच नम्बर प्रदेशका १२ जिल्लामा पनि इञ्चार्ज तथा सहइन्चार्जहरु तोकिएका छन् । पाँच नम्बर प्रदेशका तीन जिल्लामा सह ईन्चार्ज तोकिएका छैन् दाङ जिल्लामा १० वटा सहईन्चार्ज तोकिएका छन् ।
पाँच नम्बर प्रदेशको अस्थाई राजधानी रुपन्देहीमा लिला गिरीलाई इञ्चार्ज तोकिएको छ । उनी प्रदेशको बाहलवाला मन्त्री हुन् भने सहइन्चार्जमा एकराज विश्वकर्मा, खिमलाल भट्राई र दघिराम न्यौपानेलाई तोकिएको छ ।
भट्टराई राष्ट्रिय सभामा नेकपा प्रमुख सचेतक हुन् भने न्योपाने प्रदेशसभा सदस्य रहेका छन् । नवलपरासी पश्चिममा ईन्चार्ज बैजनाथ चौधरी तोकिएका छन् । उनी प्रदेश सरकारको भौतिक पूर्वधार मन्त्री हुन् ।
कपिलवस्तु इन्चार्जमा गिरीधरीलाल न्यौपाने, सहइन्चार्जमा विमला घिमिरे ,पाल्पाको इञ्चार्जमा सोमप्रसाद पाण्डेय , सहइञ्चार्जमा तुलाराध घर्ती रहेका छन् । गुल्मीमा दिनेश पन्थीलाई इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै अर्घाखाँचीमा नजिर मियाँलाई इन्चार्ज रहेका छन् । सहइन्चार्जमा सुशीला श्रीपाली ठकुरी रहेको उल्लेख छ ।
प्युठानमा कृष्णध्वज खड्का रहेका छन् भने दाङ जिल्ला इन्चार्जमा जीवन गौतम रहेका छन् । धेरै सहइन्चार्ज पनि यहि जिल्लामा तोकिएको छ । ईन्द्रलाल थारु, दानाकुमारी शर्मा,नारायणी शर्मा, निर्मल आर्चाय, नरुलाल चौधरी, भागवत विश्वासी, मेठमणि चौधरी , हेमराज शर्मा पोखरेल, शान्ता चौधरी रहेका सहइन्चार्ज छन् । दाङ मुख्यमन्त्री तथा पाँच नम्बर प्रदेश इन्चार्ज शंकर पोखरलेको गृह जिल्ला हो । रुकुम पूर्व खेममान खड्कालाई इन्चार्ज बनाइएको छ भने सहइन्चार्जमा कमला रोका र तेजबहादुर ओली रहेका छन् ।
रोल्पामा दिपेन्द्र पूनलाई इन्चार्ज तोकिएको छ भने सहइन्चार्जमा ताराकुमारी घर्ती र नविन रोकामगर रहेका छन् । बाँकेमा इन्चार्ज दिनेश यादव, सहईन्चार्जमा पूर्णकुमारी सुवेदी,महेश्वरजङ गहतराज,मोहमद हारुम हलुवाई रहेका छन् । बर्दियाको इन्चार्जमा लक्ष्मण ज्ञवाली,सहइन्चार्जामा तिलकराम शर्मा र शन्तकुमारी चौधरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी