सर्पको टोकाइबाट बारामा एक जनाको मृत्यु
रौतहट– रौतहटको कटहरिया नगरपालिका ७ घरभई बारामा बस्दै आएका एक बृद्धको बिषालुु सर्पदंशबाट मृत्युु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकामा वडा न ३ बतरा टोलमा बस्दै आएका रौतहट कटहरिया ७ का ७४ वर्षीय नथुनी राम चमारको सर्पदंश बाट मृत्युु भएको हो । आज बिहान साढे ६ बजेको समयमा दिशा गर्न चर्पी गएका बेला उहाँलाई चर्पीमा बस्ने वित्तिक्कै बिषालुु सर्पले टोकेका थियो ।
सर्पले टोकने बित्तिक्कै रामले कराउँदै बाहिर निस्किँदै गर्दा सर्पले दोहोर्याएर टोकेको पीडित परिवारको भनाई छ । लगातार दुईपटक सपले टोकेको र समयमै अस्पताल पुरयाउन नसकेको कारण शरीरभर विष फैलिएकाले उपचार हुन नसकी मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक राम पछिलो दुुईबर्षदेखि बाराको कोतवालस्थित छोरी ज्वाईको घरमा बस्दै आएका थिए । अविरल बर्षा र बाढीपश्चात तराईका जिल्लाहरुमा सपंदर्शका घटना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही