शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरदैलोमा सरकारः ८० रुपैयाँ महशुल तिर्न जाँदा १२ सय भाडा

आइतबार, ०५ साउन २०७६, १९ : ३१
आइतबार, ०५ साउन २०७६

बुटवल– सुन्दा पत्यार नलाग्ला तर त्यस ठाउँमा पुगेर प्रत्यक्ष देख्दा–बुझ्दा थाह हुन्छ कि गुल्मीको एक गाउँका मानिस विद्युतको मासिक ८० रुपैया महशुल तिर्न जाँदा जातेआते १२ सय रुपैयाँ गाडी भाडा तिर्न बाध्य छन् । गुल्मीको मदाने गाउँपालिका वडा नम्वर ५ अग्लुङ्ग गाउँका वासिन्दाले  सदरमुकाम तम्घासस्थित विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रमा ८० रुपैयाँ विद्युत महशुल तिर्न आउँदा १२ सय रुपैयाँ गाडी भाडा तिर्ने गरेका हुन्  ।
सदरमुकाम देखि  अग्लुङ्ग ५५ किलोमिटर खुरीमा पर्दछ, ‘नेपाली काँग्रेस अग्लुङ्गका वडा कार्य समिति  सभापति सुशील चन्दले भने, एक घरधुरीले न्युतम मासिक विद्युत मशुल ८० रुपैयाँ  तिर्नुपर्छ उक्त रकमको महशुल बुझाउँन जाँदा आतेजाते १२ सय गाडी भाडा र खाना समेत दुईहजार देखि २५ सयसम्म खर्च गर्नु पनि बाध्यतासँग पिल्सिएका छन् यहाँका वासिन्दा ।’

अस्ति म केहि घर सहितको महशुल जम्मा गरेर बुझाउन गएँ १५ सयको विद्युत महशुल तिरे,  २५ सय रुपैयाँ खर्च भयो अग्लुङ्गका प्रकाश चन्दले भने हाम्रो यो सुविधालाई कसैले ध्यान दिन सकेनन  । ’ उनले थपे–‘ आई उपाय केहि नभएका यहाँका गरिव दलित समुदायलाई गरिवलाई हात्ति दान दिए जस्तो भएको छ यहाँको विद्युत ।’

१० बर्ष सम्म पनि योजना सम्पन्न भएन
त्यस अग्लुङ्ग गाउँका वडा सभापति सुशील चन्दले १० बर्षअघि देखि  त्यस गाउँमा विद्युतिकरणको योजना थालिए पनि अझै उक्त योजना सम्पन्न हुन नसकेको प्रति दुख व्यक्त गरे ।  ‘करिब  साढे ६ सय घरधुरी रहेका छन्, त्यसमध्ये झण्डै आधा जसो बासिन्दाहरु सोलर कि त टुकी बत्ति मै निर्भर छन् । बत्ति बालेकाहरु  यस्तो हविगत भोग्न र बत्तिको पैसा तिर्न बाध्य छन् उनले भने– ‘अग्लुङ्गका वासिन्दा सबै कुराबाट पछाडी परेका छन् तर चुनावताका मात्रै बाँडेको सपनामा मख्खै पर्छन् । ’

यसरी किन ढिलाई भएको हो ? भनेर नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालसँग जिज्ञासा राख्दा आफु आउने बेला काम नै सुरु नभएकोले ढिला भएको अग्लुङ्गका अधिकाँश गाउँमा बत्ति पुगेको तर अग्लुङ्गको नेपानी गाउँमा मात्र बत्ति नपुगेको बताए ।

८० रुपैयाँ विद्युत महशुल तिर्न दुई हजार पच्चिससम्म भाडा तिर्न बाध्य भएको गुनासो त्यहाँका बासिन्दाले गरेका छन् नि ? भन्ने प्रश्नमा उनले भने पुर्कोटदहमा रहेको ग्लोबल आईएममी बैंकबाट तिर्ने ब्यवस्था मिलाइएको छ । यस सम्वन्धमा फेरि काँग्रेस  वडा सभापति चन्दसँग सम्पर्क राख्दा त्यस्तो व्यवस्था नमिलाइएको खाली ढाँट कुरा मात्रै गरिएको बताए ।

‘हामी  गत बर्ष बत्ति बलेदेखि  अहिलेसम्म उहि तम्घास पुगेर दुई हजार पच्चिस सय रुपैयाँ खर्च गदै महशुल बुझाउँदै आएका छौं, त्यसरी ढाँट्न पाईन्छ ?’ उनले यस्तो प्रतिप्रश्न गरे ।  यता सोही गाउँपालिका वडा नम्वर ३ को सिर्सेनी गाउँमा पनि झण्डै दुई सय घरधुरीमा विद्युत पुग्न सकेको छैन । गत जेठ महिनामै त्यस गाउँमा बत्ति पुर्याउने नेताहरुबाट आश्वासन आए पनि पुरा गर्न नसकेको प्रति स्थानीयले दुःख व्यक्त गरेका छन । त्यहाँ पनि पोल गाड्ने काम भएको तार आई नपुग्दा भदौसम्म कुर्नुपर्ने गुल्मी वितरण केन्द्रको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप