महोत्तरीमा सडक दुर्घटना: एक वर्षमा ४६ जनाको ज्यान गयो
बर्दिबास– महोत्तरीमा १ वर्षमा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये २७ पुरुष, १० महिला र ९ बालबालिका रहेका छन् । आव २०७५/०७६ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ७२ जना गम्भिर घाइते भएका छन् भने ३१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याँकमा छ ।
सबैभन्दा बढि दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, भ्यान, माइक्रोबस, ट्याक्टर, ट्रक र सबभन्दा कम दुर्घटना हुनेमा टेम्पो रहेको छ । दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाडनु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ ।
दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ५० जना र २५ वर्षदेखि ४० वर्ष उमेरका ७१ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा