बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट ४ करोडको लागूऔषधसहित पोर्चुगिज नागरिक पक्राउ

आइतबार, ०५ साउन २०७६, १७ : २८
आइतबार, ०५ साउन २०७६

काठमाडौं– लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ४ करोड मूल्य बराबरको लागू औषधसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोर्चुगिज नागरिक  २५ वर्षीय टियागो मेन्डस पेरिरा रहेका छन् । 

ब्यूरोका एसएसपी वसन्त कुमार लामाका अनुसािर टियागोलाई अन्तर्राष्टिय विमानस्थको प्रस्थानतर्फ रहेका यात्रुहरुको झोला चेकजाँग गर्ने क्रममा पक्राउ गरिएको हो ।  एयर इण्डियाको उडान नम्बर एआई २१६ बाट भारतको दिल्ली हुँदै जापान जान लागेको अवस्थामा टियागोलाई पक्राउ गरिएको एसएसपी लामाले रातोपाटीलाई जानकारी दिए । 

एक्सरे मेसिनमा जाँच गर्दा द नर्थ फेस लेखिएको कालो, खैरो र निलो रंगको पछाडि भिरेर बोक्ने कपडाको झेलाभित्र सानो सानो प्याकेट जस्तो वस्तु देखिएकाले लागू औषध हुनसक्ने आशंकामा चेकजाँच गर्दा लागू औषध रहेको पुष्टि भएको उनले बताए ।

टियागोको साथबाट २७ वटा कागजका बक्सहरुमा रुमाल, टाई र त्यसमूनि फल्स बटम बनाई सानोसानो प्याकेटभित्र  AMPHETAMINE (ICE) लागूऔषध ४ केजी २०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका टियागोमाथि थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप