शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन:  राणा

आइतबार, ०५ साउन २०७६, १५ : २०
आइतबार, ०५ साउन २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।  अध्यक्ष राणाले आईतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा बोल्दै जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् । 

उनले कुनै पनि उल्लेख्य काम गर्न नसकेको वर्तमान सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे । अध्यक्ष राणाले दुई तिहाई मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेकाले त्यसको विरोधमा आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।

बैठकमा पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए  । दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप