आप्रवासी कामदारहरुको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आइतबार आयोगले ललितपुरस्थितआयोगको कार्यालय हरिहर भवनमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरिन लागको जानकारी दिएको हो ।
सम्मेलनमा ३० देशका २४ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, सदस्य अन्तर्राष्ट्रिय विज्ञहरु र सरकारका प्रतिनिधि लगायत ९० जना प्रतिनिधिको सहभागित रहने सम्मेलनका संयोजक सुदिप पाठकले जानकारी दिए । आयोग नभएको देशबाट सरकारका प्रतिनिधिको सहभागिता रहने छ ।
उनका अनुसार राष्ट्रिय स्तरबाट नेपाल सरकारका प्रतिनिधि, आप्रवासी कामदार क्षेत्रमा कार्यरत संघ–संस्थाका प्रतिनिधि आयोगका पदाधिकारीसहित ३५ जनाको सहभागिता रहने छन् । सम्मेलनको सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट कार्यपत्र प्रस्तु गरिने र त्यसमाथि गहन छलफल हुनेछ ।
संयोजक पाठकले भने, ‘आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षणका विषयमा तीन दिनको गहन छलफल, टिप्पणी र सबै सरोकारवालाबाट यस विषयमा गरिने प्रतिबद्धता, चुनौती र समस्या समाधानको उपायहरु समेत संलग्न गरी काठमाडौं घोषणापत्र जारी गरिने छ । जारी घोषणापत्रलाई कार्यान्वयनको लागि कार्ययोजना पनि निर्माण गर्ने योजना छ । उक्त कार्ययोजना पास हुने हाम्रो अपेक्षा छ ।’
आयोगका अध्यक्ष अनुपराज शर्माले सो सम्मेलनले नेपालका लागि प्रतिष्ठाको विषय भएको बताए । उनले भने, ‘यो राष्ट्रिय गौरवको विषय हो । यसले नेपालाई लाइटमा ल्याउँछ । सम्मेलन सन्देशमुलक हुनेछ ।’
केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गोकर्ण विष्टसँगको छलफलमा सम्मेलनका विषयमा सहमति भएको अध्यक्ष शर्माको भनाइ छ । आयोगले यसअधि सन् २०१२ को नोभेम्बर २६–२७ मा समेत आप्रवासी कामदारको अधिकार सम्बन्धी काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ