बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘घर’ लाई दर्शक कति ?

आइतबार, ०५ साउन २०७६, १५ : ००
आइतबार, ०५ साउन २०७६

काठमाडौंं– शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घर’ले सुरुवाती ब्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार राम्रो व्यावसाय गरेका निर्माण पक्षले जानकारी गराएको छ । फिल्मले शुक्रबार र शनिबार ५० लाख माथिको ग्रस कलेक्शन गरेकोे निर्माण कम्पनी डीएस डिजिटलले जानकारी दियो ।

‘घर’मा देखिएको दर्शकले हरर फिल्म बनाउन हौसला मिलेको छ’ डीएस डिजिटलका सदस्य दिपेन्द्र के खनालले भने ‘शनिबार सिंगल र मल्टिप्लेक्स दुबैमा ‘घर’ले राम्रो दर्शक पाएको थियो ।’ दीपेन्द्रले फिल्म हेर्ने दर्शकले घरको सिक्वेल समेत माग गरेको जानकारी दिए ।

६० लाख रुपैयाँको लगानीमा बनेको ‘घर’ हल र डिजिटल राइट्सबाट अहिले नै लगानी उठिसकेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्माता रहेको फिल्ममा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतको मुख्य भूमिका छ । फिल्म अर्पण थालेनै निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप