मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट २ केजी सुनसहित एक युवक पक्राउ

आइतबार, ०५ साउन २०७६, १४ : ४०
आइतबार, ०५ साउन २०७६

काठमाडौं– अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव २ किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रसुवा जिल्ला  गोसाईकुण्ड गाउँपालिका वडा नं–५ स्याफ्रोबेशी घर भएका बर्ष १७ का भिमबहादुर तामाङ रहेका छन् । प्रहरीले तामाङलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा पक्राउ गरेको हो। 

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले बिशेष सूचनाको आधारमा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रुबाहक बसलाई गोप्य सूचनाको आधारमा चेक गर्दा  दुई केजी सुनसहित तामाङलाई पक्राउ गरिएको जानकारी दिए । 

प्रहरी प्रमुख थापाका अनुसार तामाङलाई चेक जाँच गर्ने   क्रममा उनीबाट कम्बरमा बाँधिएको सुन बरामद गरिएको हो । उनले ६ सेमि लम्बाई र ११ सेमि मादलजस्तो गोलाई भएको सुनसहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।
 
तामाङ सुन कम्बरमा बोकेर रसुवा गल्छी हुँदै भैरहवाबाट काठमाडौं आउँदै थिए । प्रहरीले उनलाई सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप