शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको मर्जीबिना बेडरुममा सिसिटिभी क्यामरा, सासुले २४ घण्टा निगरानी गर्ने

आइतबार, ०५ साउन २०७६, १३ : ४०
आइतबार, ०५ साउन २०७६

भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो हो कि उनका श्रीमानले घरभरी नै सिसिटिभी क्यामरा लगाएकी छिन् ।

मामला के हो ?

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो । महिलाका अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखे । त्यसपछि महिला घर छोडेर माइती गइन् ।

क्यामरा कहाँकहाँ लगाइएका थिए ?

महिलाका अनुसार क्यामरा मेन इन्ट्रान्स गेटमा, सासुको कोठामा, बैठकमा, उनीहरुको बेडरुममा पनि राखिएका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो ।

यसका साथै महिलाले उनलाई विवाहको केही दिनपछि नै दाइजोका लागि प्रताडित गर्न थालिएको जानकारी दिइन् । विवाहका बेला दाइजोको कुरै नगरेको परिवारले एकाएक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजोस्वरुप दिएको बताइन् ।  

यसबारे महिलाका श्रीमानसँग सोधपुछ भयो । उनले आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जेल पठाउने धम्की दिएको र उनले त्यसैको बदला लिइरहेको श्रीमानले बताए । श्रीमानका अनुसार उनकी श्रीमती उनीसँग, उनका आमा र आफन्तसँग दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षामा सिसिटीभी क्यामरा लगाएका थिए । परेको बेला निर्दोष छु भनेर प्रमाणित गर्न सकियोस् भनेर उनले यस्तो गरेको बताए ।

महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ? ’

उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप