शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महशुल बक्यौतामा भएको अनियमितता अध्ययन गर्न उपसमिति गठन

आइतबार, ०५ साउन २०७६, १३ : ३०
आइतबार, ०५ साउन २०७६

काठमाडौं–संसदको सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणको महशुल अनियमिताबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

 प्राधिकरणको डेडिकेट फिडर र टंक लाइन वितरणमा भएको अनियमितता बारे अध्ययनका लागि समितिका सदस्य डा. मिनेन्द्र रिजालको संयोजकत्वमा समिति गठन गरिएको हो । १ महिना अध्ययन गर्न समय दिइएको समितिमा सूर्य पाठक, प्रदीप यादव र पार्वती कुमारी बिसंखे सदस्य रहेका छन् ।

प्राधिकरणको बक्यौता रकम नउठ्नुका कारण के हुन त्यसको छानविनका लागि समिति गठन गरिएको सांसद अमनलाल मोदीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप