शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवालय बैठक अघि पूर्वएमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक

आइतबार, ०५ साउन २०७६, ११ : ०९
आइतबार, ०५ साउन २०७६

काठमाडौँ–पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपाको सचिवालय बैठक (आज) आइतबार दिउँसो एक बजे बस्दैछ । 

आजको बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् ।

यसैवीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको छुट्छुटै बैठक बसेको छ । शनिबार पूर्व एमाले नेताहरुको बैठक बसेको थियो भने, आइतबार बिहान पूर्व माओवादी केन्द्रपक्षधर नेताहरुको बैठक बसेको छ । 

सचिवालय बैठकको पुर्वसन्ध्यामा दुवैपक्षले आ–आफ्ना धारणा तय गर्न बैठक राखेका हुन् । यसअघि दुई अध्यक्ष केपी अ‍ोली र प्रचण्डबीच संख्यामा सहमति भएपनि व्यक्तिमा सहमति नभएकाले त्यसैको गृहकार्यमा दुवै पक्ष लागि परेको बताईको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको सहभागी एक नेताले बताएका छन् । 

नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमति भइसकेको छ । नेकपाको महत्वपुर्ण विभागहरुमध्ये अर्थ,संगठन, प्रचार र विदेश विभाग कसले पाउछन् भन्ने चासो बढ्दै गएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप