पाकिस्तानी प्रधानमन्त्री अमेरिकामा, सुरक्षा सहयोगका विषयमा गम्भीर छलफल हुँदै
पाकिस्तानी प्रधानमन्त्री इमरान खान संयुक्त राज्य अमेरिकाको तीन दिने औपचारिक भ्रमणमा वासिङ्गटन पुगेका छन् । प्रधानमन्त्री खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भोलि द्विपक्षीय सहयोग र आपसी हितका विषयमा विस्तृत छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री खानले अमेरिकी कंग्रेसका विशिष्ट नेताहरुसँग अन्तर्क्रिया गर्नुका साथै अमेरिकामा बसोबास गर्दै आएका पाकिस्तानीसँग छलफल गर्ने कार्यक्रम छ ।
द्विपक्षीय सम्बन्ध सुधार्न र सहकार्यलाई चीरस्थायी बनाउन सँधै ढोका खुला रहेको बताउँदै ह्वाइट हाउसले पाकिस्तानी प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएको थियो ।
प्रधानमन्त्री खानले शान्त छिमेकको नीति लिएर अगाडि बढेका छन् । त्यस भेटमा खान र ट्रम्पबीचमा शान्ति, स्थायीत्व र आर्थिक समृद्धिका विषयमा गहन छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री खानको भ्रमण र पाकिस्तानलाई उपलब्ध हुँदै आएको सुरक्षा सहयोग रोकिएको विषयमा पत्रकारले सोधेका प्रश्नको प्रतिक्रिया दिँदै अधिकारीहरुले भनेका छन्, “ठूलो सुरक्षा सहयोग अझै रोकिएको छ,” राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को जनवरीदेखि पाकिस्तानलाई उपलब्ध गराउँदै आएको सहयोगलाई रोकेका थिए ।
“अफगानिस्तान र लस्करे ताइवा तथा जइशे महोमदसँगको हाम्रो सुरक्षा चासोमा यदि पाकिस्तानले केही निश्चित वस्तुमा ध्यान दिए हामी विचार गर्न सक्छौँ”, अमेरिकी अधिकारीले संवाददातालाई भनेका छन् । थप प्रष्ट गर्दै ती अधिकारीले भनेका छन्, “अन्यथा सुरक्षा सहयोगका विषयमा कुनै परिवर्तन हुँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार