शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटमा पनि फुटबलको जस्तै नियम

आइतबार, ०५ साउन २०७६, ०९ : २८
आइतबार, ०५ साउन २०७६

अन्तर्राष्ट्रि«य क्रिकेट परिषद् (आईसीसी) ले खेलाडी परिवर्तनका लागि क्रिकेटमा पनि फुटबलको जस्तै नियम लागु गर्ने निर्णय गरेको छ । आईसीसीको हालै लन्डनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यसअघि खेलका लागि खेलाडी सार्वजनिक भइसकेपछि त्यसबाहेक अर्को कुनै खेलाडी परिवर्तन गर्न नपाइने नियम थियो । यस नियमले खेलाडीलाई घाइते भएपनि खेल्नै पर्ने बाध्यता थियो ।

आईसीसीले अब क्रिकेट खेल्दा खेल्दै खेलाडी घाइते भएमा टोलीका १४ सदस्यीय खेलाडीबाट जुनकुनै खेलाडीलाई परिवर्तन गर्न पाउने नियम बनाएको छ । फुटबलका लामो समयदेखि यही नियम छ । आईसीसीले परिवर्तनका लागि खेलाडी घाइते भएको र चोट लागेको विषयमा मेडिकल टोलीले प्रमाणित गर्नुपर्ने प्रावधान पनि राखेको छ । परिवर्तन भएको खेलाडीले ब्याटिङ र बलिङ दुवै गर्न पाउने छ ।

यसअघि परिवर्तित खेलाडीले फिल्डरको रुपमा मात्र खेल्न पाउने नियम थियो । आईसीसीले नयाँ नियम इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेज सिरिजदेखि लागु गर्ने पनि जनाएको छ । आईसीसीको यस नियमलाई विश्वभरका क्रिकेट सर्मथकले स्वागत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप