बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन हुन्छ ठूला आयोजनामा सधैँ अवरोध ?

आइतबार, ०५ साउन २०७६, ०७ : १८
आइतबार, ०५ साउन २०७६

सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा बढी छ । सरकारी नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर यहाँ भने ठूला आयोजनाले पटकौं पटकको अवरोध खैप्दै आएका छन् ।

असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५० प्रतिशत पनि पुगेन । ०७१ संसिरमा सुरु भई २०७५ असार मसान्तभित्र उत्पादन दिने योजनासहित अघि बढेको मध्यमोदी जलविद्युत् आयोजनाको प्रगती पनि ७० प्रतिशत पनि पुगेको छैन । 

०७३ असोजमा सुरु भएर २८ महिनामा सक्ने लक्ष्य राखिएको कालीगण्डकी प्रसाण करिडोर आयोजनाको काम अझै ७० प्रतिशत कट्न सकेकोछैन । यो समाचार कान्तिपुर दैनिकमा अगन्धर तिवारीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप