केन्द्रीय संस्करण

चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

person explore access_timeसाउन ४, २०७६ chat_bubble_outline0

बेइजिङ-सन् २०१९ कोे पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् । 

यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन समाष्टिगतरुपमा स्थिर भएर प्रगति हासिल भएको भन्दै यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।

राष्ट्रिय सम्पत्ति निगरानी समितिका सचिव एवं प्रवक्ता फङ्ग ह्वा काङ्गले सोही बेइजिङमा सञ्चारकर्मीलाई जवाफ दिँदै यस वर्षको पूर्वाद्र्धमा चीनको केन्द्रीय व्यवसायको व्यापारिक आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले वृद्धि भएर जुन महिनामा खुद नाफाले इतिहासमा नयाँ रेकर्ड सिर्जना गरेको बताएका हुन् ।

प्रवक्ता फङ्गले हालै राष्ट्रिय सम्पत्ति निगरानी समितिले सक्रिय रुपमा प्रबन्धको उत्पादन, जहाजको उत्पादन र रासायनिक उद्योग आदि क्षेत्रको व्यावसायिक गतिविधिको अध्ययन गरेर राष्ट्रिय सम्पत्तिको बनौटलाई निरन्तर सुधार गर्ने पनि बताएका छन् ।सिन्ह्वा

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...